महोत्तरी, कात्तिक २४ । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ ।
सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुनुभएका नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त हुनुभएको छ । मधेश प्रदेशमा संघीय समाजवादी र राप्रपाको एक–एक सिट रहेको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथसमेत खुवाइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्