सिन्धुली, मंसिर २ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ सिमरासस्थित मदन भण्डारी राजमार्गमा आज बेलुका ७ बजेतिर अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
महेन्द्रझ्याडीबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह २०६४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट छेउमा खस्दा अटोमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अटो चालक हरिहरपुरगढी–५ का ३१ वर्षीय लोकबहादुर घलान पनि उपचारमा रहेका छन्।
घाइतेहरूको विवरण यसप्रकार छः
१) कन्चन आले मगर (१३ वर्ष), मरिण–१ — बायाँ हातमा चोट, अवस्था मध्यम।
२) टेक बहादुर आले मगर (२३ वर्ष), हरिहरपुरगढी–४ — हात, गाला, खुट्टा र टाउकोमा चोट, अवस्था गम्भीर।
३) दिलमाया राना मगर (७१ वर्ष), मरिण–१ — सामान्य चोट।
४) कुसुम आले मगर (३२ वर्ष), भक्तपुर–१० — बायाँ हातमा सामान्य चोट।
घाइते सबैलाई प्राथमिक उपचारका लागि महेन्द्रझ्याडी स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको टोलीले अटो नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस्