रामेछाप, मंसिर ६ । उमाकुण्ड गाउँपालिका–४, प्रीतिमा आयोजित एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। शिविर मार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, व्यवसाय नवीकरणदेखि पशु स्वास्थ्य सेवासम्मका विभिन्न कार्यहरू एकै ठाउँबाट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
शिविरमा नेपाली नागरिकता प्रमाणपत्रका ५० नयाँ वितरण तथा ४८ प्रतिलिपि जारी गरी जम्मा ९८ जनाले सेवा पाएका छन्। त्यस्तै राष्ट्रिय परिचयपत्र सम्बन्धी ६४ जनाको विवरण सङ्कलन गरिएको छ भने ११ जनालाई परिचयपत्र वितरण गरिएको छ।
व्यवसाय नवीकरण ४ वटा सम्पन्न भएका छन् । दुई वटा योजनाको सम्झौता पनि शिविरमै गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
पशु स्वास्थ्य शिविरअन्तर्गत १ सय ३७ घरधुरीका करिब २ हजार १ सय ६० पशुलाई औषधि वितरण गरिएको छ। साथै २० वटा कुकुरलाई रेबिज विरुद्ध खोपसमेत लगाइएको छ। शिविरमा ४ हजार ५० राजस्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ।
स्थानीयको सहज पहुँचका लागि गरिएको शिविर यस अघि वडा नं ४ वटा वडामा सम्पन्न भइसकेको छ । वाड नं ६ मा भोलि र ७ मा पर्सी हुने कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्