रामेछाप, मंसिर १० । पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने खैरेनीघाट–दुम्जा बेलिब्रिज निर्माण कार्य सुरु भएको छ। निर्माणका लागि आवश्यक सामग्रीहरू निर्माणस्थलमा पुर्याइएसँगै पुल पुनर्निर्माणको प्रक्रियाले गति लिएको हो।
गएको वर्ष असोज महिनामा रोसी खाेला र सुनकोसी नदीमा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो। पुल बगाएपछि सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका केही वडाका स्थानीयवासीलाई काठमाडौं आवतजावतमा ठुलो कठिनाइ परेको थियो। दैनिक सेवा–सुविधा, बजार आपूर्ति तथा आपतकालीन यात्रामा समेत असर परेपछि स्थानीयले पुल पुनर्निर्माणको माग गर्दै आएका थिए।
निर्माण सामग्री पुल निर्माणस्थलमा पुगेसँगै अन्य पूर्वाधार निर्माणको काम पनि अघि बढेको छ। पुल सञ्चालनमा आएपछि पश्चिम रामेछापका बासिन्दालाई बिपी राजमार्गमार्फत काठमाडौं–काभ्रे क्षेत्रतर्फ सहज रूपमा जोडिने भएकाले यातायात, व्यापार र सेवाप्रवाहमा सहजता हुने छ।













प्रतिक्रिया दिनुहोस्