जनता टाइम्स

१२ मंसिर २०८२, शुक्रबार २०:५०

जेनजीका मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन


काठमाडौं, १२ मंसिर । काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२)जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजु प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए । सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताएका थिए ।

प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुंग्याउन निर्देशन दिनुभएको छ । ‘अब यो विषय धेरै लम्ब्याउनु हुँदैन, आज सकिन्छ भने आजै, आज नभए भोलि शनिबारको दिनसमेत काम गर्नुहोस्, पर्सि आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ, हेर्नुहोस्, सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ, प्रधानमन्त्री कार्कीले भन्नुभयो अब धेरै दिन कुर्न सकिँदैन, हस्ताक्षर गरेकै कारणले केही व्यहोर्नुपरे म व्यहोरौँला, मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ, यो राजनीतिक दस्तावेज हो, कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन’, उहाँले भन्नुभयाे ।