जनता टाइम्स

१८ मंसिर २०८२, बिहीबार ०९:०५

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो


काठमाडौं,  मंसिर १८ ।  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।

शुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्।

यस्तैमध्येका एक हुनुहुन्छ संस्कृतिविद् हरिप्रसाद सोडारी। पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उहाँले सुनाउनुभयो ।मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउनुभयो ।

विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो। विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताउनुभयो ।