जनता टाइम्स

१३ मंसिर २०७६, शुक्रबार १२:२५

राष्ट्रपति भण्डारी जनकपुरमा, जानकी मन्दिरमा विशेष पूजा


जनकपुरधाम, मंसिर १३

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुग्नु भएको छ । रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी हुन उहा आज विहान जनकपुर पुग्नु भएको हो ।

राष्ट्रपति भण्डारीले आजै जानकी मन्दिरमा विशेष पूजासमेत गर्नुभएको छ । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सहभागी हुनुभएको छ । विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ ।

राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीले रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ । जन्ती आज विहानै जनकपुर आईसकेका छन् । राष्ट्रपतिलाई जनकपुरका कलाकाहरुले जानकी लिला पनि देखाउने भएका छन् । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी हुनुहुन्छ ।