काठमाडौं, मंसिर २४ । जेनजी आन्दोलनका पक्षधर र सरकार बिच विस्तृत सहमतिका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा आयोजना गरिएको कार्यक्रममा सरकारी अधिकारी र जेनजी अगुवाहरूले बैठक कक्ष खचाखच थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सरकारी अधिकारीले दुई पक्ष बिच भएका सहमतिका बुँदाहरू पढे । सरकारी अधिकारीले सहमतिका बुँदा पढिसक्दा नसक्दै एकथरि सहभागी आन्दोलनको भावना विपरीत सहमतिका बुँदाहरू तयार भएको भन्दै बैठक हल भित्रै होहल्ला गर्न लागे ।
हेर्दा हेर्दै स्थिति तनावपूर्ण जस्तो भयो । ती सरकारी अधिकारीले सहमतिका बुँदा पढिसकेपछि प्रधानमन्त्रीलाई बोल्न समय दिए । त्यतिबेलासम्म केही सहभागीले सहमति पत्रको प्रति च्यातेर बैठक कक्षमा उडाइसकेका थिए ।
जेनजी अगुवाहरूले सहमति प्रति विरोध जनाउन लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले जेनजी सबै आफ्ना छारो छोरी भएका र आफू, हिजो आज र भोलि पनि उनीहरूको आमा भएको र हुने बताउनुभयो । तर हो हल्ला गर्ने युवाहरू रोकिएनन् । त्यस पछि प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका हाइज्याकर सुदन गुरुङको नाम लिएर होहल्ला गर्नेलाई तह लगाउने रणनीति बनाउनुभयो ।
उहाँले सहमतिमा सबैको चित्त बुझाउन नसकिने र सबै बुँदा समेट्न नसकिने भन्दै सहमति पत्र तयार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । त्यतिसम्म पनि ठिकै थियो ।
प्रधानमन्त्री कार्की बोल्दा बोल्दै यति तल गिर्नुभयो कि आन्दोलनका हाइज्याकर जसको आडमा कार्की प्रधानमन्त्री हुनुभयो र अहिले जसको निर्देशनमा राजनीतिक दलहरूलाई बाइपास गरेर सत्ता चलाइ रहनुभएको छ ती सुदन गुरुङलाई आफ्नो जेठो छोरो भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो-‘हाम्रो सुदन गुरुङ, मेरो जेठो छोरो’, उहाँले भन्नुभयो ।
सुदनको नाम लिए पछि होहल्ला गर्ने युवाहरू चुप लाग्लान् भन्ने सोचले सुदलाई आफ्नो जेठो छोरो भएको कार्कीले सुनाउनुभयो । थियो । तर उहाँको त्यो सूत्रले काम गरेन । अझ उल्टो प्रत्युत्पादक भयो ।
हो हल्ला गर्ने युवाहरूले जेनजी आन्दोलनको हाइज्याकरहरुले बनाएको सहमति आफूले नमान्ने बताए । त्यति मात्र होइन कार्कीलाई कतिञ्जेल जेठो छोरा थेग्छ ? वास्तविक आन्दोलनकारीहरू बाहिर छन् भन्दै उनीहरूले चेतावनी दिए ।
युवाहरू थप आक्रोशित भएर हो हल्ला गर्न लागेपछि प्रधानमन्त्री काकी बैठक स्थलबाट लुसुक्क भाग्नुभयो । प्रधानमन्त्री बाहिरिएपछि पनि युवाहरूले बैठक स्थलमा निक्कै बेर होहल्ला गरे ।













प्रतिक्रिया दिनुहोस्