जनता टाइम्स

२७ मंसिर २०८२, शनिबार १४:२७

केपी ओलीकाे राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति सम्मान गर्छु : रञ्जीता श्रेष्ठ


काठमाडौं, मंसिर २७ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले एमालेको एघारौँ महाधिवेशनमा पुगेर अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ।

उहाँले एमालेकाे एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै राष्ट्रियताको पक्षमा सदैव अग्रसर भएको भन्दै अध्यक्ष ओलीको प्रशंसा गर्नुभएको हो ।प्रशंसासँगै उहाँले राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रका आगामी मार्गचित्रको हेर्न राजनीतिक क्षण पनि हो, राष्ट्रिय हितको साझा सङ्कल्प बोकेर यहाँ उपस्थित भएका छौँ, नाकाबन्दीको बेला राष्ट्रियता स्वाधीनताको अडानलाई अडानलाई एमालेले लिएको भूमिकालाई प्रशंसा गर्न योग्य छ,  उहाँको राष्ट्रियताप्रतिको अडान र बफादारिताप्रति म सम्मान गर्दछु ।’

उहाँले एक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न नसक्ने बताउँदै सबैसँग सहकार्य गर्न आवश्यक रहेकाे बताउनुभयाे । ‘राष्ट्रियता र एकताको मुद्दामा एमालेसँगको सहकार्यको ढोका ढोका सधैँ खुल्ला छ’, उहाँले भन्नुभयाे ।