काठमाडौं, पुस ३। एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ । उहाँले संस्थापन पक्षबाट महासचिवको टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिनुभएकाे थियाे ।
ज्ञवालीले महासचिवमा पहिल्यैबाट दावेदारी प्रस्तुत गरे पनि संस्थापन पक्षले उहाँलाई उपाध्यक्षमा उठाउन चाहेको थियो । तर, उहाँले उपाध्यक्षमा उम्मेदवारी दिन मान्नुभएन र केन्द्रीय सदस्यमा मात्रै उठ्नुभयाे । ज्ञवालीले रिक्त गरेको स्थानमा संस्थापनबाट रघुजी पन्त उम्मेदवार भएर विजयी बन्नु भएकाे छ ।
खुला केन्द्रीय केन्द्रीय सदस्यमा ज्ञवालीले १९४२ मत ल्याउनुभयाे। उहाँ सर्वाधिक मत ल्याउनेमा पर्नु हुन्छ।













प्रतिक्रिया दिनुहोस्