काठमाडौं, पुस १२ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको एक पदाधिकारीले जानकारी दिनुभयो।
एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व चयन गरेको एमालेमा त्यसपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।
महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै एमाले












प्रतिक्रिया दिनुहोस्