काठमाडौ, पुस १३। नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच सहमति भएको सन्दर्भ जोड्दै अब अर्को राजनीतिक मिलन पनि हुन सक्ने संकेत गर्नुभएको छ।
‘रवि–बालेन मिलेछन्, अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ,’ बास्कोटाले लेख्नुभएको छ।
उहाँको यो टिप्पणी पछिल्ला दिनमा देखिएको नयाँ राजनीतिक समीकरण, अप्रत्याशित सहकार्य र सम्भावित गठबन्धनप्रति लक्षित रहेको छ। राजनीतिक वृत्तमा विभिन्न नेताहरूबीच सम्भावित मिलन र सहकार्यको चर्चा भइरहेका बेला बास्कोटाको अभिव्यक्ति आएको हो।
रवि लामिछाने र बालेन्द्र साहबीच भएको सहमतिले राजनीतिक बहस तातेको अवस्थामा एमाले नेता बास्कोटाको यो टिप्पणीलाई व्यङ्ग्य र संकेतपूर्ण राजनीतिक टिप्पणीका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्