जनता टाइम्स

१७ पुष २०८२, बिहीबार १८:०२

रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार


काठमाडौं, पुस १७ ।  उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ ।

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो ।

न्यायाधीशद्वय खडान्नद तिवारी र दिपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो । गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।