जनता टाइम्स

१८ पुष २०८२, शुक्रबार २२:२०

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित


काठमाडौं,  पुस  १८ । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरण गर्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।