जनता टाइम्स

२१ पुष २०८२, सोमबार ११:२२

प्रतिनिधि सभा निर्वाचन : एमालेबाट काठमाडाैं-५ मा ईश्वर पोखरेलको एकल नाम सिफारिस


काठमाडौं, पुस २१ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

पोखरेल यसअघि पनि काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट नियमित रूपमा निर्वाचन लड्दै आउनुभएको थियो। पछिल्लो निर्वाचनमा भने उक्त क्षेत्रबाट पोखरेललाई पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित हुनुभएको थियो।