काठमाडौं, पुस २४ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको औचित्य सकियो भनेर संस्थापन पक्षले आदेश गरेको भन्दै आपत्ति जनाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता अजयबाबु शिवाकोटीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको महाधिवेशनमा सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले विशेष महाधिवेशनकै दिन संस्थापन पक्षले युवा भेला राखेर कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गराउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको नाममा युवा भेला गरिँदै छ। केन्द्रीय कार्यालयमा हामी चाहन्छौँ, विशेष महाधिवेशनको उद्घाटनमा पार्टी सभापति स्वयम् ९कार्यवाहक सभापति० आएर मन्तव्य दिनुहुनेछ। तर युवा भेलाको नाममा युवाहरूलाई जम्मा गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको राजनीतितर्फ लैजाने प्रयास भएको आशंका छ।’













प्रतिक्रिया दिनुहोस्