जनता टाइम्स

२६ पुष २०८२, शनिबार ०९:२१

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडौं,  पुस २६ । नेपाली कांग्रेसले आज आकस्मिक बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले ९ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि पार्टी फुट्न सक्ने आशंका नेताहरुले गर्दै आएका छन्। सभापति शेरबहादुर देउवा पक्षले ‘संयमित हुन’ विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेको छ। यद्यपि, विशेष महाधिवेशन पक्षधरले महाधिवेशन स्थल भृकुटीमण्डप सिंगार्दै तयारी तीव्र पारेको छ।उनीहरुले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। अहिले कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने दुईधार संघर्ष जारी छ।