जनता टाइम्स

२८ पुष २०८२, सोमबार १९:५६

सातै प्रदेशका सभापतिसहित कांग्रेसले बोलायो केन्द्रीय समिति


काठमाडौं,  पुस २८ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ। बिशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढीरहेका बेला बैठक बोलाइएको हो ।