जनता टाइम्स

४ माघ २०८२, आईतवार ०८:१९

एमाले उम्मेदवार छनोटमा युवालाई प्राथमिकता, नयाँ पुस्ता अघि सार्ने प्रयास


काठमाडौँ,  माघ  ४। नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा युवालाई उल्लेखनीय प्राथमिकता दिएको देखिएको छ। पार्टीले विभिन्न जिल्लामा नयाँ र युवा अनुहारलाई प्रत्यक्ष निर्वाचनमा अघि सारेको हो।

सार्वजनिक सूचीअनुसार एमालेले पुराना र स्थापित नेतासँगै पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका युवालाई समेत अवसर दिएको छ। यसलाई पार्टीले नेतृत्व पुस्तान्तरण र संगठनमा नयाँ ऊर्जा भित्र्याउने रणनीतिका रूपमा व्याख्या गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार युवालाई उम्मेदवार बनाउनु एमालेको दीर्घकालीन संगठन निर्माण र मतदाता आकर्षणको रणनीतिक कदम हो।