जनता टाइम्स

४ माघ २०८२, आईतवार १३:०९

तीन जना राष्ट्रिय सभा सदस्यद्वारा पदबाट राजीनामा, प्रतिनिधि सभा चुनाव लड्दै 


काठमाडौं, माघ ४ । राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका उहाँहरूले आज औपचारिक रूपमा पद त्याग गर्नुभएको हो।

उहाँहरूले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित राजीनामा बुझाउनुभएको छ। नेतृत्व तहका नेताहरू प्रतिनिधिसभा निर्वाचनमा होमिनका लागि राष्ट्रियसभा सदस्य पदबाट अलग हुनु भएको हो ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ र वामदेव गौतम बर्दिया–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएको छ। त्यस्तै, नेकपा एमालेकी भगवती न्यौपाने तनहुँ–१ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ।