काठमाडौं, माघ ५ । अधिवक्ता तथा पत्रकार स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ ।
केन्द्रीय कार्यालयमा एक कार्यक्रममा गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पार्टीमा स्वागत गर्नुभयो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्वागतलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ का लागि उम्मेदवारको रूपमा घोषणा गरिएको छ ।
स्वागत अघिल्लो चुनावमा त्यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार बनेर निवर्तमान सभामुख देवराज घिमिरेलाई टक्कर दिनुभएको थियो । स्वागत नेपालसँगै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी पनि राप्रपामा प्रवेश गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्