जनता टाइम्स

५ माघ २०८२, सोमबार २२:२३

एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जान्छ – पूर्वप्रधानमन्त्री ओली


काठमाडौँ, माघ ५ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।प्रतिनिधिसभा सदस्य चुनावको सन्दर्भमा आज गृहजिल्ला झापा पुग्नुभएका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले भन्नुभयो, ‘शान्ति सुरक्षाको अवस्था राम्रो बन्नुपर्छ ।

हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।’ चुनाव शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्ने उहाँले बताउनुभयो ।
निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधसभा चुनावका लागि भोलि उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि पुग्नुभएको हो ।गएको भदौमा भएको नवयुवा आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलो पटक पुग्नुभएको हो ।