काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा एमालेबाहेक अरु कसैले पनि चुनाव नजित्ने बताउनुभएको छ।
आज (बुधबार) झापामा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेसँग कार्यकर्ता, सुदृढ संगठन, समर्थक र सुभेच्छुक रहेको कारण चुनाव जित्नेमा कुनै शंका नरहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै केही पनि नभएका मान्छेहरुले हल्ला चलाएर एमालेले चुनाव नहार्ने बताउनुभयो ।
उहाँले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालको तामासाको संज्ञा दिनुभयाे । बालेनलगायत झापा-५ बाट उम्मेदवारी दिएकाहरुले चुनाव हार्ने अध्यक्ष ओलीको दाबी छ ।‘हामीबाहेक अरु कसैले जित्दैन, हामीसँग सुदृढ संगठन छ, हाम्रा कार्यकर्ता छन्, संगठन छ, समर्थक सुभेच्छुकहरु छन्, केही पनि नभएका मान्छेले यहाँ हल्ला चलाइरहेका छन्, यो सामाजिक सञ्जालको तमासा मात्रै हो,’– उहाँले भन्नुभयो।
उहाँले रास्वपा वरिष्ठ नेता सहसँग भिजन, नीति, कार्यक्रम, गन्तव्य केही पनि नरहेको र उनी केवल ट्रेड मिलमा डौडिरहेको ओलीले टिप्पणी गर्नुभयो । ट्रेड मिलमा डौडिएर गन्तव्यमा पुग्न नसकिने उहाँको भनाइ छ । ‘भिजन, नीति, कार्यक्रम, गन्तव्य छैन, हिँड्नेमात्रै कहाँ जाने हो ? ट्रेड मिलमा डौडिएर कहीँ पनि पुगिँदैन, सामाजिक सञ्जाल प्रेरित ट्रेड मिलको यात्रा हो, आक्रोश, आवेशको होइन’– उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्