जनता टाइम्स

११ माघ २०८२, आईतवार १९:४२

भोजपुरमा चुनावी कमाण्डर नै परस्त्रीसँग रंगेहात भेटिएपछि…


काठमाडौं, ११ माघ । धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको पार्टीका भोजपुर उम्मेदवार ध्रुव राईका चुनावी कमाण्डर परस्त्रीसँगै गाउँलेको फेला परेका छन ।

अर्काको श्रीमती भगाएपछि ध्रुव राईका चुनावी कमाण्डर रहेका श्रम संस्कृति पार्टी भोजपुरका जिल्ला सचिव भीम साम्पाङलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दिङ्लाले उजुरीका आधारमा साम्पाङलाई नियन्त्रणमा लिएको थियो ।

षडानन्द नगरपालिका–११ झ्याउ पोखरीको होटलमा दुवै जना सँगै बसेको कुरा परिवारलाई थाहा पाएपछि प्रहरीमा खबर आएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । राईले चुनावी अभियानका क्रममा अर्काकी श्रीमती भगाएको अभियोग छ । महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् ।

भीम राईकी घरमा श्रीमती रहेको खुलेको छ भने बच्चा समेत छन् । घटनापछि दुवै पक्षबीच छलफल भई कागज गरी विवाह गर्ने सर्तमा महिलाका आफन्तको जिम्मामा दुवै जनालाई छाडिएका पारिवारिक स्रोतले जानकारी दिएको छ ।