काठमाडौं, माघ १२। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रियता, देश प्रेम र राष्ट्रिय एकताको सवालमा नेकपा एमाले सधैँ अग्रपंक्तिमा रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले राष्ट्रलाई सबैभन्दा माथि राख्नु नै एमालेको मूल राजनीतिक दर्शन भएको उल्लेख गर्दै ‘पहिलो राष्ट्र, त्यसपछि अरू कुरा’ भन्ने सिद्धान्तमा पार्टी दृढतापूर्वक उभिएको बताउनुभयो । देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाभिमानको संरक्षण नै एमालेको पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ का उम्मेदवार समेत रहनु भएका नेता ज्ञवालीले राष्ट्र हितभन्दा माथि कुनै पनि स्वार्थ स्वीकार्य हुन नसक्ने स्पष्ट गर्दै देश प्रेम र एकताको भावनालाई अझ बलियो बनाउँदै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सबै नेपालीलाई राष्ट्र र राष्ट्रिय एकताको पक्षमा एकजुट हुन आह्वान गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्