जनता टाइम्स

१३ माघ २०८२, मंगलवार ११:३६

सुनसरी-३ मा भगवती चौधरी जिताउन लिलम बस्नेत कमाण्डर


सुनसरी, माघ १३ । सुनसरी क्षेत्र नम्बर-३ मा नेकपा एमालेकी नेतृ भगवती चौधरीलाई जिताउन समाजसेवी लिलम बस्नेत कमाण्डर तोकिनु भएको छ ।

नेकपा एमाले सुनसरी-३ ले बस्नेतको नेतृत्वमा २२ सय १ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । परिचालन समितिको सहकमाण्डरमा ओमप्रकाश मेहता र उपकमाण्डरहरुमा शिव नारायण चौधरी र आश नारायण चौधरी रहनुभएको छ भने परिचालन समितिको सचिब मिलिराम चौधरी रहनुभएको छ।

सुनसरी-३ का प्रत्येक वडास्तरमा समेत परिचालन समिति बनाएर निर्वाचन हाँक्ने संयोजक लिलम बस्नेतले बताउनुभयो । सुनसरी-३ वाट अघिल्लो चुनावमा नेपाली काँग्रेसका बिजय कुमार गच्छेदारलाई हराउदै भगवती चौधरी निर्वाचित हुनुभएको थियो ।

चौधरीले गच्छेदार भन्दा ५ हजार १ सय ८८ मत बढि ल्याउनुभएको थियो । सुनसरी ३ को बिकाशमा नेतृत्वदायी भूमिका खेल्नुभएकी पूर्वमन्त्री चौधरीलाई कामको आधारमा एमालेले पुनः उम्मेद्वार बनाएको छ ।