जनता टाइम्स

१६ माघ २०८२, शुक्रबार १३:५१

नेकपा एमाले पहिलो पार्टी बन्छः शंकर पोखरेल


काठमाडौं, माघ १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गर्नुभयो ।

प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उहाँको विश्वास छ । ‘अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७/ २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो, यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उहाँले भन्नुभयो ।

पाेखरेलले थप्नुभयाे, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौँ, थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’

सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको उहाँको भनाइ छ ।