झापा, माघ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताउनुभएको छ ।
एमाले मनकामना टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३-२४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताउनु भएको हो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले ओलीको भूमिका स्थानीय विकास मात्र नभइ राष्ट्र,राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त

पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेद्धवारवाट मुलुकको बिकास सम्भव नहुने नेता दाहालले बताउनु भयो ।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताए सम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताउनु भयो ।
भेलामा सहभागी चन्द्रकला मिश्रले दमक८मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिदै एमाले र काग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरीरहेको बेला जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताउनुभयो ।
सर्वोच्च अदालतले आयोग पुनस्र्थापना गरेपछि आयोगको काम पुन अघि बढेको बताउनुभयो । अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै वाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न ५ को निर्वाचन परिचालन समितिको संयोजक दाहालले प्रष्ट पार्नु भयो ।
अध्यक्ष ओली उम्मेद्वार भएको झापा ५ मा एमालेले २९ वटै वडामा वडा र टोल कमिटी गठन गरेर निर्वाचनको प्रचार प्रसार व्यापक बनाइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्