नवलपरासी, माघ २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवार गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयाे ।
त्यसैगरी प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।













प्रतिक्रिया दिनुहोस्