पोखरा, माघ २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपबाट अदालतले सफाइ (न्याय) दिने दावी गर्नुभएको छ ।
सहकारी ठगीमा बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित हुनुभएका लामिछानेले तारिक बुझेपछि सञ्चारकर्मीसँग यस्तो दावी गर्नुभएको हो । आफू अहिले तारिख बुझ्न विभिन्न अदालतमा जानुपरेको भन्दै लामिछानेले अदालतले आफूमाथि सफाइ दिएर न्याय गर्ने पटक–पटक जिकिर गर्नुभयो ।
लामिछानेबिरुद्ध बिभिन्न अदालतमा मुद्दा रहेको र धरौटीमा रिहा हुनुभएको हो । सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने पनि उहाँले बताउनु भयो ।उहाँले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यहीअनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको बताउनु भयो ।
उहाँले तारिककै समयको अघिल्लो दिन पारेर सम्बिन्धत जिल्लामा कार्यक्रम आयोजना गरी समर्थकको ठूलो उपस्थितिसमेत गराउँदै आउनु भएको छ । सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने पनि बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्