जनता टाइम्स

६ फाल्गुन २०८२, बुधबार १५:००

पशुपति क्षेत्रमा प्रहरी कुट्ने युवक पक्राउ


काठमाडौं,   फागुन  ६। महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा प्रहरीलाई कुट्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाण्डौ महानगरपालिका–१३ बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

युवकले प्रहरीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि परिसरले सूचना निकाले ती युवकबारे जानकारी दिन आह्वान गरेको थियो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवम् सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।