काठमाडौं, फागुन ८ । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार बिहान हिमाली जिल्ला मुस्ताङ पुग्नुभएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै उहाँ मुस्ताङ पुग्नुभएको हो।
प्रधानमन्त्री कार्कीले केहीबेरमा मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ।
उहाँले आजै मुस्ताङस्थित निर्वाचन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। त्यसपछि सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची रहेको बताइएको छ।
प्रधानमन्त्रीको हिमाली जिल्ला भ्रमणलाई निर्वाचन तयारी र सुरक्षा अवस्थाको स्थलगत अनुगमनका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्