जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार ०७:४०

प्रतिनिधि सभा सदस्य निर्वाचन : कोसी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीद्वारा झापाकाे सूर्याेदय माविमा मतदान 


काठमाडौ, फागुन २१ । आज प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर मतदान भइरहेको छ । बिहानैदेखि मतदाताहरु मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

यसैक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापा क्षेत्र नं. ५ अन्तर्गत रहेको सूर्योदय आधारभूत विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

उहाँ बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुग्नुभई मतदाता नामावलीमा आफ्नो नाम रुजु गराएपछि मतपत्रमार्फत मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षा तथा प्रशासनिक व्यवस्था मिलाइएको छ । देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।