जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार १४:५७

बैतडीमा एमालेका दामोदर भण्डारीले रास्वपासँग ह्वात्तै घटाए मतान्तर, १८ मतले मात्रै पछाडि


बैतडी, फागुन २३ । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाउनु भएको छ ।

दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि हुनुहुन्छ । हालसम्म २७ हजार ८१४ मत गणनामा उहाँको सात हजार ८१४ मत छ । यस्तै एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार ७९६ मत पुर्यार्याउँदै पच्छ्याइरहनु भएको छ । दुई जनाबीचको मतान्तर अब १८ मात्रै बाँकी छ ।

यसअघि रास्वपा उम्मेदवार हरिमोहनलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द तेस्रो नम्बरमा झर्नुभएको छ । उहाँको ६ हजार ४८४ मत रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमानन्द भट्टले तीन हजार ३१ मत पाउनु भएको छ ।