जनता टाइम्स

२८ फाल्गुन २०८२, बिहीबार १५:३६

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौं, फागुन २८। कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुर क्षेत्रमा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो।

उहाँका अनुसार दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।