जनता टाइम्स

९ चैत्र २०८२, सोमबार १३:००

सरकार ठगहरुकै बन्ने हो, योजना अलपत्रै पार्ने ठेकेदर र निकायहरुलाई खोजी-खोजी सामाजिक कारवाही गरिन्छ : हर्क साम्पाङ


 काठमाडौं, चैत ९ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले विकास योजना अलपत्र पार्ने ठेकेदार तथा सम्बन्धित निकायविरुद्ध सामाजिक कारबाही गरिने चेतावनी दिनुभएको छ।

उहाँले योजना कार्यान्वयनमा लापरबाही गर्ने पक्षलाई खोजी–खोजी कारबाहीको दायरामा ल्याइने बताउनुभएकाे छ ।

उहाँले नयाँ बन्ने सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै ठगी प्रवृत्तिलाई संरक्षण गर्ने प्रवृत्तिकै सरकार बन्ने आराेप लगाउनु भएकाे छ । ‘अब योजना अलपत्रै पार्ने ठेकेदर र निकायहरुलाई खोजी खोजी सामाजिक कारवाही हुनेछ ! सरकार त ठगहरुको त बन्छ नि ! के कारवाही गर्थ्यो !’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।

उहाँले विकास निर्माणका काम समयमै सम्पन्न नहुँदा जनतामा निराशा बढिरहेको उल्लेख गर्दै यसप्रति कठोर रूपमा प्रस्तुत हुने संकेत दिनुभएको छ।