जनता टाइम्स

१४ चैत्र २०८२, शनिबार ०८:३४

पार्टी अध्यक्ष केपी ओलीको गिरफ्तारी विरुद्ध संघर्षमा उत्रिन एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलकाे आह्वान 


काठमाडौं, चैत १४ । नेकपा (एमाले) वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति भर्त्सना जनाउँदै शान्तिपूर्ण र कानुनी संघर्षका लागि तयारी गर्न आह्वान गर्नुभएको छ।

ढुंगेले अध्यक्ष ओलीलाई गैरकानुनी तथा प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको बताउँदै यसप्रति पार्टी पंक्ति र समर्थकहरूलाई एकजुट भएर प्रतिवाद गर्न आग्रह गर्नुभएकाे छ। उहाँले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न शान्तिपूर्ण आन्दोलन अपरिहार्य भएको उल्लेख गर्नुभएकाे छ ।

उहाँले पार्टी नेतृत्वमाथि गरिएको यस्तो कदमले राजनीतिक पूर्वाग्रह र प्रतिशोधको संकेत गर्ने भन्दै यसको विरोध आवश्यक रहेको बताउनुभएकाे छ।  साथै, उहाँले आन्दोलनलाई संयमित, शान्तिपूर्ण र कानुनी दायराभित्रै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।