काठमाडौं, चैत १८ । पूर्वगृहमन्त्री तथा नेपाली कांगेसका नेता रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लेखकको बयान सुरु भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई चैत १४ गते बिहानै पक्राउ गरेको थियो । पक्राउपछि स्वास्थय परीक्षणको क्रममा ओलीमा समस्या देखिएपछि त्रिबि शिक्षण अस्पताल भर्ना गरिएको कारण एमाले अध्यक्ष ओलीको बयान सुरु भएको छैन ।
उहाँलाई सोध्नुपर्ने विषयहरूमा प्रश्न तयार गर्ने क्रम चलिरहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ । प्रहरीले मंगलबार काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो । तर, बेलुकी नै हाजिर जमानतमा छाडिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्