जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १६:५७

डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त


काठमाडौं,चैत २२ । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उहाँलाई सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानअनुसार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा १५७(२) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त हुने व्यवस्था छ।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने जिम्मेवारीमा रहनुहुन्छ। साथै, सरकारवादी हुने सबै मुद्दामा बहस पैरवीको समन्वय र नेतृत्व पनि उहाँकै जिम्मेवारीमा पर्छ।

डा. कँडेलले यसअघि पनि रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएको थियो।