काठमाडौँ, चैत २५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्ने लाग्नुभएको हो। उहाँको सचिवालयले बुधबार दिउँसो १२ बजेपछि राजदूतहरुसँग छलफल हुने जानकारी दिनुभएको छ। यसअघिका प्रधानमन्त्रीले राजदूतहरूलाई एक्लाएक्लै भेट्दै आएको प्रचलन तोड्दै प्रधानमन्त्री बालेनले आज झन्डै २० देशका राजदूतलाई सामूहिक रुपमा भेट्न लाग्नुभएको हो ।
यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएकाले बालेनले राजदूतहरुसँग आज पहिलोपटक सामूहिक छलफल गर्न लाग्नुभएको हो । राजदूतहरुसँग छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। राजदूतहरुसँगको भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका विष्यामा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्