जनता टाइम्स

२९ चैत्र २०८२, आईतवार १७:२३

दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु


काठमाडौं, चैत्र  २९ ।  दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त कार निकाल्ने प्रयार भइरहेको प्रहरीले जनाएको छ ।