जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार ०६:४६

डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्


काठमाडौं,  वैशाख ३ ।  नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन आन्तरिकतर्फको भाउ बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । डिजेल र मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ भाउ बढेको हो । अब डिजेल र मट्टीतेलको भाउ पहिलो वर्गमा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २५६ रुपैयाँ भएको छ ।