काठमाडौं, वैशाख ८ । पछिल्लो समय सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिन थालेपछि एमाले नेता सूर्य थापाले तिखो व्यङ्ग्य गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत ‘फाटेको जालोले छेकेको, छेके पनि छर्लङ्ग देखेको’ भन्दै सरकारको अवस्था खुला रूपमा आलोचना गर्नुभएको हो । उहाँले ‘हेर नेपाली हो-घण्टीमा भोट दिएकाले क्षमापूजा गर’ भन्ने अभिव्यक्ति राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सङ्केत गर्नुभएको छ ।
सूर्य थापाको उक्त टिप्पणीलाई पछिल्ला दिनमा मन्त्रीहरूमाथि लागिरहेका विभिन्न आरोप र विवादको सन्दर्भमा आएको राजनीतिक प्रतिक्रिया रूपमा हेरिएको छ । सामाजिक सञ्जालमा समेत उहाँको अभिव्यक्ति व्यापक रूपमा चर्चामा आएको छ ।
पछिल्ला घटनाक्रमले सरकारको कार्यशैली, पारदर्शिता र जबाफदेहितामाथि प्रश्न उठिरहेका बेला बाहिरबाट मात्र होइन पार्टी भित्रकै नेताहरूले समेत आलोचना तीव्र बनाउँदै आएका छन् । थापाको व्यङ्ग्य यही शृङ्खलाको पछिल्लो कडीका रूपमा देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्