काठमाडौं, बैशाख ८ । सम्पत्ति बिवरण लुकाएर राखेको र बिवादास्पद ब्यापारीसँग जोडिएको तथ्य खुलेपछि धरापमा पर्नुभएक गृहमन्त्री सुधन गुरुङ पद जोगाउन अन्तिम दौडधुपमा लाग्नुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार टीमले जसरी पनि जोगाउने आश्वासन दिएपछि सोमवार राती कसैलाई पछि छाडिन्न, डराइन्न भन्नुभएका गृहमन्त्री गुरुङले रातभरमा थप पोल खुलेपछि मंगलवार बिहानैबाट पद जोगाउन कसरत गर्नुभएको हो ।
सोही क्रममा उहाँले तीन दिनयता तेस्रो पटक पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक्लै भेट गर्नुभएको छ । पार्टीभित्रै बर्खास्त गर्न चर्काे दवाव परेपछि रबिलाई अनुनय गर्न गृहमन्त्री गुरुङले भेट गर्नुभएको ससोही पार्टीका नेताहरूले जानकारी दिएका छन ।
उहाँले आज मंगलवार बुढानिलकण्ठस्थित निवासमा पुग्नुभएको हो । पहिलो दिन राजीनामा दिँदै दिन्न भन्दै धम्क्याउनु भएका गृहमन्त्री सुधन एकपछि अर्काे काण्डको सत्य उजागर भएको छ ।













प्रतिक्रिया दिनुहोस्