जनता टाइम्स

२३ बैशाख २०८३, बुधबार १३:१३

 संवैधानिक आयोगका पदपूर्तिका लागि संवैधानिक परिषद् बैठक बाेलाइयाे


काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री बालेन साहले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ। संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिसका लागि उक्त बैठक आह्वान गरिएको हो।

बैठक बिहीबार साँझ ५ बजे बस्ने गरी तय गरिएको छ। परिषद् बैठकमार्फत हाल रिक्त रहेका संवैधानिक पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिएको बताइएको छ।

सरकारको दोस्रो पटकको सिफारिसपछि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो। उक्त अध्यादेश जारी भएसँगै लामो समयदेखि रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको हो।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका महत्त्वपूर्ण संवैधानिक पदहरू रिक्त रहेका छन्। यी पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ ।