जनता टाइम्स

३० बैशाख २०८३, बुधबार ०७:३१

रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशन र बजेट अधिवेशनबारे छलफल हुने


काठमाडौं, वैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेकाे हाे ।

उहाँका अनुसार बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन तथा संसद्को चालु बजेट अधिवेशनलगायत विषयमा छलफल हुने छ । यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

रास्वपाले हालसम्म महाधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सम्पन्न गर्ने तयारी गरिरहेको बताइएको छ ।