ललितपुर, जेठ १८ । जिल्ला अदालत ललितपुरमा थुनछेक बहस नसकिएपछि चर्चित ‘टिकटकर तुलसा कलेक्सन’ भनिने तुल्सी अधिकारी पुनः प्रहरी हिरासत पठाइएको छ । शुक्रबार थाइल्याण्डमा पक्राउ परेपछि तुलसालाई नेपाल ल्याएर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो । जाहेरी दर्तापछि तुलसा फरार भएको र चीन हुँदै थाइल्याण्ड पुगेको सूचना पाएपछि प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत खोजी प्रक्रिया अघि बढाएको थियो ।
ललितपुर जिल्ला अदालतमा तुलसाविरुद्ध सम्पत्ति शुद्धीकरण, ठगी र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा चलिरहेको छ । सोमबार जिल्ला अदालतमा थुनछेक बहशका निम्ति पेश गरिएको हो । तर, बहस नसकिएपछि मंगलबार पुनः उपस्थित गराउने गरी जिल्ला प्रहरीको हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । चिमोरिया र तुलसाबीच अन्य पनि सम्बन्ध रहेको आशंका प्रहरीको छ ।













प्रतिक्रिया दिनुहोस्