जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार १८:३७

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ


काठमाडौं, जेठ २५ । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाललाई सोमवार दिउसो बुढानीलकण्ठ १० बाट पक्राउ गरेको हो ।

नेपालविरुद्ध युवराज खत्रीले चेक अनादरको मुद्दामा जाहेरी दिएको प्रहरीले जनाएको छ । २०७६ सालमा भएको लेनदेनलाई लिएर खत्रीले जाहेरी दिएका थिए । जाहेरीमा उल्लेख भएअनुसार खत्रीले नेपाललाई केही रकम ऋण दिनुभएको थियो । तर उक्त ऋण तिर्न दिएको चेक नसाटिएको खत्रीको भनाइ छ ।

नेपालले भने आफूले पहिल्यै तिरिसकेको ऋणमा झूटो मुद्दा लगाइएको बताउनु भएको छ । खत्रीले आफूलाई मिटर ब्याजमा फसाएर लामो समयदेखि दुःख दिइरहेको नेपालले बताउनु भएको छ । यता अपराध अनुसन्धान कार्यालयले भने २०७९ जेठ २५ मा काठमाडौं जिल्ला अदालतले गरेको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको बताएको छ ।