जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार २०:२८

पदबहालीमै गृहमन्त्री सुधनले गरे दरवार हत्याकाण्डको फाइल खोल्नेसहित चार निर्णय


काठमाडौं, जेठ २६ । सरकारले २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबहालीमै राजदरवार हत्याकाण्डको फाइल खोल्ने निर्णय गर्नुभएको हो ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गर्नुभएको छ । जेनजी आन्दोलनमा आगजनी र बिध्वंसमा संलग्न अधिकांश आफ्नै समर्थक र रास्वपाका नेता कार्यकर्ता रहेको कारण गृहमन्त्रीले फाइल नै बन्द गरेर फौजदारी मुद्दा नचल्ने बनाउन यस्तो काम गर्नुभएको हो । यसैगरी उहाँले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने निर्णय पनि गर्नुभएको छ ।

गृहमन्त्रीको पदभार सम्हाल्दै गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर, नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताउनु भएको छ । उहाँले आफूमाथि तथ्यबिना आरोप लगाइएको जिकिर पनि गर्नुभयो । मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्दै बरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि निसानासमेत साध्नुभयो ।