जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार ०८:०५

इप्पानमा कोषाध्यक्षबाहेक सबै पदमा निर्बिरोध, डाँगीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति


काठमाडौं, जेठ ३० । उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा एक पदबाहेक सवैमा निर्बिरोध रुपमा निर्वाचित भएका छन । अधिवेशनबाट यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी विधानअनुसार स्वतः अध्यक्ष हुँदा कोषाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध भएको हो ।

शुक्रबार भएको इप्पानको बार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा उत्तर ब्लोन लामा र बलराम खतिवडा प्यानालसहित चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, अन्तिममा खतिवडा पक्ष र लामा पक्षबीच सहमति भएपछि विभिन्न पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कोषाध्यक्षमा भने सहमति हुन नसकेपछि निर्वाचन हुँदा शंकर बस्याल २ सय ६७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मिथुन चक्रवतीप्रसाद पौडेलले भने ८२ मत प्राप्त गर्नुभएको छ । यसैगरी कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, सुसन कर्माचार्य, विक्रम विष्ट, हिमप्रसाद पाठक निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल, सचिवमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई, सुमनकुमारी जोशी निर्वाचित हुनुभयो ।

त्यस्तै, इप्पानको नयाँ कार्यसमिति सदस्यमा अनुप आचार्य, कदम केसी, जगदिश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का, वर्गन लामिछाने निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।